‘१० दिनको पर्यटन काज’ तयारीमा ढिलाइ

काठमाडौं, असार २८ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरले अधिक थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सकारात्मक मानिएको ‘१० दिनको पर्यटन काज’ कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती सेवा, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीहरूलाई १० दिनको पर्यटन काज उपलब्ध गराउने व्यवस्था बजेट वक्तव्यमा गरिए पनि त्यसको कार्यान्वयनका लागि […]

सम्बन्धित सामग्री

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधि तयार, बजेटको छैन टुंगो

४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]

यस वर्ष भौतिकरुपमै विश्व पर्यटन दिवस मनाइने

बयालिसौँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन् । सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक गरियो । पर्यटन मन्त्रालयका …

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ

पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने सरकारकाे तयारी

काठमाडौं :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण रोजगारी गुमाएका पर्यटन मजदुरलाई सरकारले रोजगारी उपलब्ध गराउने भएको छ।पर्यटन क्षेत्र लकडाउनले सबैभन्दा प्रभावित भएकाले मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाेर्डले रोजगारी गुमाएका मजदुरका लागि परियोजना संचालन गरेर रोजगारी उपलब्ध गराउन लागेको जनाएकाे छ।पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका करिब ५ हजार मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको पर्यटन बोर्डका सुचना अधिकारी मण

डिजिटल मार्केटिङ गर्न पर्यटन बोर्डलाई सुझाव

काठमाडौं, असार २३ । पर्यटन व्यवसायीले नेपाली पर्यटनको पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्। उनीहरूले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरू आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरूप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्। आर्थिक वर्ष २०७८र७९ को बजेटका सन्दर्भमा बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै व्यवसायीले बाह्य […]

पर्यटन आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने

काठमाडौं। नेपालमा पर्यटक आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले पर्यटन बोर्डले अब डिजिटल मार्केटिङमा जोड दिनुपर्नेमा जोड दिएका हुन्। कोभिड–१९ का कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आउने सम्भावना छैन। त्यसैले आगामी दिनेको तयारीका लागि मार्केटिङ गरेर तयारी अवस्थामा रहनुपर्ने उनीहरुले बताएका हुन्।

बजेटको तयारीमा पर्यटन बोर्ड

काठमाडौं। पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी थालेको छ। बोर्डले तीन वटै तहसँगको समन्वयमा बजेट ल्याउने गरी तयारी अगाडि बढाएको हो। कोभिड–१९ महामारीको समयमा पर्यटन गतिविधिलाई अगाडि बढाउन भन्दै बोर्डले छलफल तीव्र पारेको हो। यतिबेला देशमा कोभिडको दोस्रो लहर फैलिँदा पर्यटकीय गतिविधि पूर्णरुपमा ठप्प छन्।

पर्यटन क्षेत्रको उत्थानमा बजेट केन्द्रित गर्न सुझाव

आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको तयारी गर्दै गरेको पर्यटन बोर्डलाई सरोकारवाला निकाय, व्यवसायी तथा सञ्चारकर्मीहरूले कोभिड प्रभावित समग्र पर्यटन क्षेत्रको उत्थानका लागि बजेट केन्द्रित गर्न सुझाव दिएका छन् । बिहीबार बोर्ड मार्फत आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले बोर्डलाई यस्तो सुझाव दिएका हुन् । कोभिड–१९ को उच्च चपेटामा परेको पर्यटन क्षेत्रको सुधार एंव वृद्धि विकाससँगै प्रभावित व्यवसायी, श्रमिक, गाइड तथा पोर्टलहरुको व्यवसायीक सुरक्षामा बोर्डको बजेट केन्द्रित हुन

पर्यटन पूर्वाधार विकास र प्रबर्द्धनका लागि  २०० आयोजना छनोट [सूचीसहित]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास र प्रबर्द्धनका लागि  २०० आयोजना छनोट गरेको छ । मन्त्रालयले ७ वटै प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकालाई छनोट गरेको छ । मन्त्रालयले न्यूनतम १ करोड रुपैयाँको अनुमानित लागतदेखि अधिकतम ९ करोड ९९ लाख रुपैयाँसम्मको अनुमानित लागत तयार पारेको छ । ती आयोजनाहरुमा केही लगानी मन्त्रालय र केही साझेदारी लगानी हुनेछ ।

पर्यापर्यटन बढाउन संरक्षित क्षेत्र विस्तार गरिने

सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने […]