फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिका समेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताएलगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सियसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिए