काठमाण्डाै – नेपाल औषधि उत्पादक सङ्घले नागरिकले आवश्यकताभन्दा १० गुणा धेरै सिटामोल घरघरमा सञ्चय गरेर राखेकाले अभाव देखिएको दाबी गरेको छ ।
बजारमा औषधिको अभाव भएको अफवाह फैलिएकाले बिरामी भए खान पाइँदैन कि भन्ने डरले मानिसले आवश्यकताभन्दा धेरै औषधि किनेर घरमा थुपारेकाले औषधिको अभाव देखिएको सङ्घले आज मङ्गलवार विज्ञप्ति निकालेर स्पष्ट पारेको हो । सरकारले आफ्ना उद्योग र आफ्ना क्षमताकाे बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको सङ्घले जनाएको छ ।
अहिले केही सञ्चारमाध्यमले नेप...