कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । घुसेल ललितपुरको दुर्गम ठाउँ हो । बागमती नदी किनाराबाट मुल सडक सम्म शव ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ । उज्ज्वलको अनुहार चिन्न नसक