स्थानीय तहहरूले हटाउँदै करारका शिक्षक र कर्मचारी

बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।  विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनिएको छ ।अन्धाधुन्ध रूपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस