स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस सुर्खेतमा पुनः लफडा सुरु भएको छ । संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षले एकलौटी गर्न खाजेपछि संस्थापन इत्तर शेखर कोइराला पक्षले आफूलाई ४० प्रतिशत हिस्सा माग गरेको हो । शुक्रबार काँग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष सहित भेला सम्पन्न गरेको छ । पार्टीभित्र अब भागवण्डाको राजनीति नगर्ने भनिएपनि खड्का पक्षले इत्तर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा अव पार