काठमाडौं । आज नेपाल विद्यार्थी संघको स्थापना दिवस । नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा वि.सं. २०२७ साल वैशाख ६ मा स्थापना भएको नेविसंघ प्रतिबन्धितकालमा कांग्रेसको राजनीति धान्ने संगठन थियो ।
विश्वविद्यालयको सुधार, विद्यार्थी हकहितदेखि जनजीविकाका सवाल उठाएर राजनीतिप्रति आशा जगाउने संगठन बनेको थियो । स्वतन्त्र विद्यार्थी युनियन चुनावको नारामा पञ्चायतलाई नै झुकाउने...