टीभीएसको ‘हर मोडमा उमंग’ अफर

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्व लक्षित ‘हर मोडमा उमंग’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा रू. १० लाखसम्म जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । बिहीवारदेखि शुरू भएको यो योजना सीमित अवधिका लागि उपलब्ध रहेको बताइएको छ । हरेक महीना शत प्रतिशत क्यासब्याक जित्न सकिने र बम्परमा रू. १० लाखसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । साथै, कम्पनीले एक्चेन्जमा रू. १० हजारसम्म थप मूल्यांकन तथा शून्य प्रतिशत ब्याज र २५ प्रतिशत भुक्तानीमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधा रहेको बताइएको छ । अफरमा जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीको भनाइ छ ।