३९ दिनपछि घर फर्किइन् मन्तोरिया

धनुषा - उपचारबापतकाे खर्च तिर्न नसकेर जनकपुरधामको न्यूरो अस्पतालमा बन्धक बनेकी धनुषा सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्कनु भएकाे छ। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो । नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधवार हिजाे घर फर्काइएको बताउनुभयो । नगरका मेयर यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने सर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइए...

सम्बन्धित सामग्री

अस्पतालबाट ३९ दिनपछि बन्धकमुक्त भइन् मन्तोरिया

२९ चैत, जनकपुरधाम । उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको न्यूरो हस्पिटलमा ३९ दिनदेखि बन्धक बनेकी मन्तोरियादेवी राय मुक्त भएकी छन् । उनलाई सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी बुधबार बन्धकमुक्त गराएका हुन् । मेयर यादवले आफैं अस्पताल पुगेर उनलाई बन्धकमुक्त गराई घर पुर्‍याएका हुन् । एकलाख रुपैयाँ नगरपालिकाले र बाँकी […]

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

२७ चैत, जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र […]