अन्तर्राष्ट्रिय क्रिकेटमा जितबाट सन्दीपको कप्तानी उडान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रुपमा सन्दीप लामिछानेले विजयी सुरुवात गरेका छन् । ओमानमा शुक्रबार चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध ६ विकेटको जित हात पार्दा सन्दीपको कप्तानी प्रभावकारी देखियो । पछिल्लो समय एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो देखिएको ओमान पहिला ब्याटिङ गर्दै एक सय ३५ रनमा सिमित भएको थियो । […]