गभर्नरलाई बर्खास्त गर्न माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ योजना विभाग सदस्य हुनुका साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै वाइसिएलले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने भएको हो ।शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर वाइसिएलले ज्ञापनपत्र बुझाउने वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प वलीले बताए । ‘हामीलाई प्रधानमन्त्री ज्युले विहान साढे ११ बजेको समय दिनुभएको हो

सम्बन्धित सामग्री