तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणधीन सुरुङको काम ७३ प्रतिशत सकिएको छ । समग्र आयोजनाको गति सुस्त रहेका बेला सुरुङ निर्माणमा भने प्रगति देखिएको हो । फास्ट ट्रयाक अहिले ३ वटा सुरुङ निर्माणधीन छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार कुल ६ हजार ४ सय १५ मिटर मध्ये ४ हपार ६ सय ५३ मिटर खनिसकिएको छ । अब १ हजार ७ सय ६२ मिटर मात्र खन्न बाँकी रहेको उनले बताए ।