कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या पनि बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम फर्कन थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको संख्यामा पछिल्ला दिन वृद्धि हुन थालेको हो । यसरी फर्कनेहरुलाई नाकामै एन्टिजेन परीक्षण गर्न थालिएको छ ।भारतबाट फर्किनेहरुमध्ये १५–२० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की