सङ्खुवासभा - सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट विस्थापितले खाँदबारीमा जग्गा पाएका छन् । पहिरोबाट विस्थापित बनेको दुई वर्षपछि उनीहरुले आफ्नै नाममा लालपुर्जासहित जग्गा पाएका हुन्।
जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा पहिरो विस्थापितलाई गोलाप्रथा गरी जग्गा बाँडफाँट गरेको हो । खाँदबारी नगरपालिका–७ मा रहेकाे भैरेडाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाख रुपैयाँमा खरिद गरिएको थियो । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट व...