डीडीसीका महाप्रबन्धक तथा उपमहाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको

सम्बन्धित सामग्री

डिडिसीका महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेश रोक

दुग्ध विकास संस्थानको व्यवस्थापनले कर्मचारीको हकहितबारे आलटल र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाईमा विरोधमा उत्रेका कर्मचारीहरुले महाप्रबन्धक रुद्र पौडेल र सहमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगएका छन् ।

डीडीसीका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

४ कात्तिक, काठमाडौं । भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । कर्मचारी संघका संघका महासचिव आयुव अली […]