कोरोनाका कारण अदुवा र अलैँचीको निकासी ठप्प

काठमाण्डाै – कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारणमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैँची र अदुवाको निर्यात ठप्प भएको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य राम्रो पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि बन्द छन् । अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रति...

सम्बन्धित सामग्री

दैलोमै कृषि बजार, किसानलाई सहज

मंसिर २०, पर्वत । पर्वतको जलजलाका किसानले आँफै कृषि बजार सञ्चालन गरेपछि जिवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न वालीका व्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि व्यावसायिक किसान रहेको पालिका हो । यहाँको धाईरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महीना तरकारी खेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आँफै बजार सञ्चालन गरेका हुन् ।  गत वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४०० किसान जोडिइ सकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ ।  एक जना किसानले १० हजार रुपैयाँले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि २ ओटा गाडी खरीद गरिएको छ । हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करीब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् ।  कृषि बजार सञ्चालक समितिका अध्यक्ष राजु आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । ‘ कोरोनाका कारण गतवर्ष ४० लाखको काउली बारीमै कुहियो,’ सल्यान गाउँका एकनारायण पौडेलले भने,‘ त्यतिबेलै देखि कृषि बजार सञ्चालन गर्ने सोच बनाएका हौँ ।’ बजार नहुँदा डोकोमा बोकेर बजार धाउनुपर्ने अवस्था अहिले हटेको र किसानले राम्रो प्रतिफल पाएको पौडेलले बताए ।  किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको सवारी गएर बजारसम्म ल्याउँछ । किसानहरुले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ ।  तरकारी मात्रै नभएर दूध, दही, घिउ, फलफूल, दलहन, तेलहन, अदुवा, बेसार लगायतको पनि समूहले विक्री गर्दै आएको छ । ‘बजारमा बिचौलियाले फाईदा लिने गर्थे,’ स्थानीय कोमल आचार्यले भने, ‘अहिले आँफै मोलतोल गरेर बेच्न पाईएको छ । बजार खोलेपछि धेरै सुविधा भएको छ ।’ दैनिकजसो बारीमै पुगेर तरकारी संकलन गर्दा आफूहरूको समय र रकम दुवै बचत भएको उनको भनाइ छ । कृषि बजारमा संकलित तरकारी विक्री गर्न गत वर्षदेखि म्याग्दीको बेनी र पर्वतकै मिलनचोकमा छुट्टाछुट्टै विक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केही महीनाभित्रै पर्वत सदरमुकाम कुश्मा, मुस्ताङको जोमसोम, बागलुङ बजार र पोखरामा समेत विक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताए । यसै वर्षदेखि पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका ग्रामीण क्षेत्रमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सीलगायत फसलसमेत संकलन गरी बिक्री थाल्ने तयारीमा समूह छ । विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरु गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । बाहिर बजारमाभन्दा जलजला कृषि बजारमा हरेक वस्तु १०/२० रुपैयाँ सस्तो पाइन्छ ।  उपभोक्ताहरुले पनि सस्तो र ताजा तरकारी किनेर खान पाएका छन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं तथा बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले जानकारी दिएको छ । जलजलाको सुन्तला बाहेक अरु उपज स्थानीय स्तरमा मात्रै बजारीकरण हुँदै आएको छ । किसानको माग अनुसार उत्पादन देशभरि विक्री गर्ने गरि संयन्त्र निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताए ।

कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द

जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् ।  जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् ।  जिल्लामा घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन उद्योग, बुटिक, सिलाइकटाइ लगायतका उद्योग ठप्प भएका हुन् । बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग विगत केही महीनायता बन्द रहेको छ ।  कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनको भनाइ छ । प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ का महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महीनादेखि बन्द छ । उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनु परेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे । उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्क्याउनु पर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महीना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महीना पर्खिनुपर्छ,’ उनले भने, ‘कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’  उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । जिल्लामा रहेका उद्योग बन्द हुँदा झन्डै २ हजार ५०० मजदूरको रोजगारी गुमेको छ ।