काँग्रेस महाधिवेशन : बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि बने सविन विश्वकर्मा

बागमती प्रदेश अन्तरगत रामेछापका गोकुलगंगा–४ बेतालीका २३ वर्षीय सविन विश्वकर्मा प्रदेश अधिवेशन प्रतिनिधि बनेका छन् । उनी बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि हुन् । विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बनेका थिए । उनले २३३ मत प्राप्त गरी प्रतिनिधि बनेका हुन् ।  उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । शहिद स्मृति बहुमुखि क्याम्पस नेविसंघ इकाइ उपसभापति र कार्यबाहक सभापति चलाउँदै स्ववियु प्रत्यासी थिए । उनी २०७६ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हु

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अ

१४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार-प्रसार समितिले  पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो । १४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ ।  एक जनालाई मत गर्न १ घण्टा समय लाग्ने अनुमान शर्माको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भ