पानी परेपछि नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एक दिवसीय खेल प्रभावित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल प्रभावित भएको छ । कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुने तालिका भए पनि अहिलेसम्म टस हुन सकेको छैन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल ...

सम्बन्धित सामग्री

नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन। ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिल...