रात्रिकालिन व्यवसाय : दोहोरीसाँझ, क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौंमा सञ्चालित रात्रिकालिन व्यवसाय दोहोरीसाँझ क्लब, डिस्कोका लागि समय तोकिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै समय तोकेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ । रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा […]

सम्बन्धित सामग्री

अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं। काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ। निर्णयअनुसार मदिरा पसलहरु राति १० बजेसम्म, रेष्टुरेन्टहरू […]

काठमाडौंमा राती १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो...

२४ सै घण्टा व्यवसाय खुलेपछि पोखराको लेकसाइडमा बढ्यो चहलपहल

चैत ७, कास्की । पोखराको लेकसाइड २४सै घण्टा खुल्ला भएपछि रात्रीकालीन व्यवसाय चम्कन थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रीकालिन व्यवसायमा चहलपहल बढेको छ । सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराह, काठमाडौंको ठमेल र दरबारमार्ग लगायतका क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेपछि खुलेका पर्यटकीय क्षेत्र गुल्जार बन्न थालेका हुन् । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातीको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । विगत दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अव चलायमान होला की भन्ने आशामा   पर्यटन व्यवसायी पनि उत्साहित छन् । कोरोना संक्रमण पहिले पर्यटक आगनम उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो धनराशी लागानी गरेका थिए । त्यसै समयमा एकाएक कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेकाले व्यवसयिक क्षेत्रमा सन्नाटा छाएको थियो । अब, विस्तारै संक्रमण कम हुँदै गएको र सरकारले केही समय पहिले निषेधाज्ञा हटाएकाले पनि पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । सरकारको यो निर्णयपछि पोखराका पर्यटन व्यवसायी उत्साहित   भएका हुन् । पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारले २४ सै घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि थलापरेको पर्यटन उद्योगमा आश जगाएको बताए । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण व्यापारव्यवसाय ठप्प  भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि केही मात्रमा आन्तरिक पर्यटक मात्र आए । दुई वर्षदेखि बाह्यि पर्यटक आगमन ठप्पै छ । आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन । अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौं ।’ उनले विभिन्न देशमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्ला रहने भएपनि नेपालमा राती १० बजे व्यवसाय बन्द गर्नु पर्दा समस्या झेल्दै आएको बताए ।  उनले सरकारले ढिलै भएपनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने बताए । उनका अनुसार व्यवसायीले विगतमा राती १० बज्न नपाउँदै होटल, रेष्टुरेण्ट बन्द गराउँदै हिंड्ने प्रहरीबाट हैरानी व्योहोर्दै आएका थिए ।  यो निर्णयपछि पोखरालगायत आसपासको व्यवसायमा राम्रो प्रभाव पार्नेछ ।’  गत बुधवार सरकारले २४ सै घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड पनि राती अबेरसम्म खुल्न थालेको छ । त्यतिमात्र नभएर बेलुका अबेरसम्म व्यवसाय खुल्न थालेपछि आन्तरिक तथा बाह्यि पर्यटक रमाइरहेका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अध्यक्ष सुवेदीले लामोसमयदेखि थला परेको व्यवसाय विस्तारै तंग्रिने पनि बताए । उनले भने,‘२४ सै घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवस्यक पर्ने भएकाले रोजगारी बढछ । रोजगारीसँगै व्यवसायीको आम्दानीसमेत बढ्छ ।’ लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

दोहोरी साँझ र डान्स बार अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन हुन पाउने भएका छन् । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई २४सै घण्टा सञ्चालनको अनुमति दिएको हो । होटल, रेस्टुरेन्ट, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय सञ्चालनको समय सीमा हटाउँदै गृहले २४सै घण्टा चल्न दिने निर्णय गरेको स्रोतले बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनको मापदण्ड बनाउन गठन गरेको अध्ययन कार्यदलले २४सै घण्टा सञ्चालन गर्न दिन गरेको सिफारिस अनुसार गहृले निर्णय गरेको हो । गृहमन्त्री खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।प्रहरी प्रशासनले विकृति हुने भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेदेखि बन्द गराउँदै आएको थियो । तर, कतिपय व्यस्त स्थानमा भने व्यवसायीले रातको १ बजेसम्म यस्ता व्यवसाय चलाउँदै आएका थिए । राती अवेरसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा व्यवसायी र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको शंका हुँदै आएको थियो । केही समय अघि अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका थिए ।  उनले प्रस्तावमा यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्ने दाबी गरेका थिए ।पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।यसअघिःरात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहितकोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।

रात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहित

फाइल तस्बिररात्रिकालिन व्यवसाय सञ्चालनको वातावरण तयार पार्न गृह मन्त्रालय सकारात्मक देखिएको छ । होटल तथा रेष्टुरेन्टलाई दिनमा र रातमा सञ्चालन गर्न दिने विषयमा गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक देखिएका हुन् ।गत सोमबार अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका हुन् । उनले प्रस्तावमा भने अनुसार यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्नेछ ।सुरक्षा दिन गृह तयारयदि होटल तथा रेष्टुरेन्ट रातीको समयमा पनि सञ्चालन हुँदा सुरक्षा चुनौती बढ्ने भएपनि त्यसको व्यवस्थापन गर्न गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणको दाबी छ । ‘यस प्रयोजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार छ’ उनले भनेका थिए ।व्यवसायीहरुले लामो समयदेखि रात्रिकालिन व्यवसाय खुला गर्न माग गरिरहेको अवस्थामा गृहमन्त्रीले नै प्रस्ताव गर्नु र सुरक्षाको व्यवस्थापन गर्न तयार रहेको बताउनु स्वागतयोग्य भएको व्यवसायी बताउँछन् । पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।कोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।