‘हेभिवेट’ उम्मेदवारहरूका कारण काठमाडौं-२ हरेकजसो निर्वाचनमा चर्चित रहने गर्छ । माधवकुमार नेपालले पनि पराजय व्यहोरेको काठमाडौं-२ मा यसपटक २७ वर्षीया अधिवक्ता सोविता गौतमको उम्मेदवारी चर्चामा छ । उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी हुन् । गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् । तार्किक र राम्रो वक्ता गौतम मतदाताको घर-घर पुगिरहेकी छन् । […]