नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ६ बजेलाई तय

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ आज साँझ ६ बजेलाई तय भएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई आज संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् […]