शुभयात्रा विश्व साइकल अभियान आरम्भ

काठमाण्डाै‌ं : जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ।जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन्।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै  उनले यस अभियानका बारेमा जानकारी गराएका हुन्।उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएक

सम्बन्धित सामग्री

जलवायु परिवर्तनबारे जनचेतना फैलाउन विश्व साइकल यात्रा

जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।  जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत भ्रमण गर्ने भएका हुन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन् । उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण

यूएनडीपी–एनसेल साझेदारी

काठमाडौं (अस) । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले साझेदारी गरेका छन् । यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइकल अभियानलाई हरित मार्ग एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिनेछ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको आरम्भ गत पुसबाटै भएको थियो । सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य हो । विश्व वातावरण दिवस २०२१ को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक, सामाजिक जिम्मेवारीको हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरमा समेत साइकल अभियान विस्तारमा सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । सँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न उत्प्रेरित गर्नेछ । ‘समझदारीपत्रमार्फत यूएनडीपी र एनसेलले साझेदारी गरेका हुन् । जीवनलाई स्वच्छ र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ’, यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने । यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले बताए । ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकामा एनसेल आभारी छ’, उनले भने ।