घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ : साफ यू–१६ नेपाली महिला टोली

काठमाडौँ : नेपाली यू–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रवारदेखि आगामी फागुन २७ सम्म प्रतियोगिता हुँदै छ। नेपालसहित ४ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। बिहीवारदेखि प्रतिष्पर्धा शुरु हुने भए पनि नेपालले भने आफ्नो पहिलो खेल बलियो टोली बंगलादेशसँग खेल्दै छ।नेपाली युथ टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनाको तयारीमा राम्रो टोली बनेको उल्लेख गर्दै घरेलु मैदानमा उत