सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

काठमाडौँ,२६ वैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित […]

सम्बन्धित सामग्री

पाँच हजार सुरक्षाकर्मीमा सङ्क्रमण,सबैभन्दा बढी नेपाल प्रहरीमा

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार जारी छ ।      उद्धारका क्रममा घाइते महिलालाई पिठ्यूँमा बोकेर सशस्त्र प्रहरीका एक जवान गन्तव्यतर्फ जाँदै गरेको तस्बिर राससको न्युजलाइनमार्फत सार्वजनिक भयो । गम्भीर घाइते महिलालाई मजेत्रोको नाम्लो बनाएर बोकेको कारुणिक तर सराहनीय दृश्य त्यसमा देख्न सकिन्छ ।          सुरक्षाकर्मी र बिरामीले कोभिड–१९ बाट जोगिनका लागि चाहिने आवश्यक सुरक्षा मापदण्ड प्रयोग गर्न सकेको देखिँदैन । आपत्कालीन अवस्थामा एक त त्यस्ता सामग्री पाउन सकिँदैन, पाइए पनि प्रयोग गर्ने अवस्था नहुनसक्छ । आपत्विपत्मा परेका व्यक्तिको जीउ जोगाउनुपर्ने गम्भीर अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भने यो एउटा उदाहरण हो ।          “जिम्मेवारी पूरा गर्ने क्रममा परिस्थितिले कुनै बेला केही अफ्ठ्यारो गराउन सक्छ तर स्वास्थ्य मापदण्ड पूरा गर्नेमा स्पष्ट निर्देशन छ”, सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल भन्नुहुन्छ ।          यस्तै घटना विगतमा पनि नभएको होइन । काठमाडौँमै भएको सडक आन्दोलन होस् या क्वारेन्टिनमा बसेका व्यक्ति ह्वारह्वार्ती निस्कँदा सुरक्षाकर्मीले स्वास्थ्य मापदण्ड प्रयोग गर्न नसकेका दृष्टान्त छन् जुन अधिकांशतः सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । केही अघि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न लाग्दा भीड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भएको थियो ।

​ललितपुरमा प्रहरीमाथि हातपात, दई जना पक्राउ

काठमाडौं, कात्तिक ३० – ललितपुरको पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा प्रहरीमाथि बुधबार हातपात भएको छ । महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिए...