बेलायतको राजनीतिमा बोरिसको अग्निपरीक्षा

संसदीय  व्यवस्थाको एक महत्त्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ । तोकिएको संख्या पुगेमा नयाँ दल खोल्न पाउने संवैधानिक ब्यवस्था भने हुन्छ नै ।  नेपालको परिवेशमा विशेषतः यो वर्ष यो विषयमा धेरै घटना परिघटना मञ्चन भए । प्रमुख प्रतिपक्षी दल एमालेले त यही विषयलाई लिएर अहिलेसम्म सदन नै चल्न दिएको छैन । यो झण्डै उस्तै प्रकृति जस्तो देखिने तर बिल्कुल फरक विषय थियो ।नेपालको संविधानले द