दाङ : लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विज्ञका रुपमा वैदिकलाई नियुक्त गरेका हुन्।मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम उनलाई नियुक्त गरिएको हो। तुलसीपुर उपमहानगरपालिका-६ निवासी वैदिकले ‘लण्डन स्कुल अफ इकोनमिक्स एण्ड पोलिटिकल साइन्स’बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।उनीसँग लन्डनकै एक आर्थिक संस्थामा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ।