नाम सार्वजनिक यातायात भए पनि यी यातायातका साधन अशक्त, अपांग, वृद्धवृद्वाका लागि चलेका होइनन्। यिनमा यात्रा गर्ने यात्रुमा बलियो, एउटा खुट्टामात्र टेक्ने ठाउँ पाए पनि आनन्दले यात्रा गर्न सक्ने, भिडमा कोच्चिएर निस्सासिँदासमेत सहज महसुस गर्ने, ओर्लनुपर्ने ठाउँमा बस राम्रोसँग नरोकिँदै निमेषमै ओर्लिहाल्न सक्नेजस्ता गुण अनिवार्य चाहिन्छ।