साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहनेछ । उता पहिलो दिनको खेलमा बंगलादेशसँग हारेको श्रीलंका पनि आज नेपाललाई […]

सम्बन्धित सामग्री

साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

विराटनगर । घरेलु मैदानमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र