गोठाटार घटनामा घाइतेको पहिचान खुल्यो, चार राउण्ड गोली हानेर अपराधी फरार

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।  कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।  सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।  घाइतेलाई टिचिङ अस्पतालमा

सम्बन्धित सामग्री

गोठाटारमा गोली लागेका घाइतेको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिसर्ट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर […]