माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्ने

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तर्फबाट सरकारमा रहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि माओवादी केन्द्रले २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले अहिलेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे निर्णय गरिनसकेको जानकारी दिनुभयो ।