खुम्बु क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गयो

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गएको छ।  खुम्बु क्षेत्रकाे भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार गाइड तथा अन्य साथी समेत नभएका भारतीय नागरिक असोज २८ गते बिहीवार  खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ थुक्लाको याक होटलमा बास बसेका थिए ।  शुक्रवार बिरामी भएपछि उपचारका लागि स्थानीयले बोकेर ...