काठमाडौँ : काठमाडौँमा सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ आज समापन भएको छ। सप्ताहको समापन गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीका साथसाथै सडक प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताइन्। उनले सबैलाई सचेत भएर आफ्नो भूमिका र कर्तव्य पूरा गर्न अनुरोध पनि गरिन्।काठमाडौँ महानगरपालिकाले यातायात क्षेत्रलाई विशेष प्राथिमकताको रूपमा राखेको उल्लेख गर्दै उनले महानगरपालिकालाई सुरक्षित सहर बनाउनक