बेलेम, ब्राजिल। बेलेममा दुई सातादेखि चलेको जलवायु सम्मेलन कप ३० सकिएको छ। नोभेम्बर १० देखि नोभेम्बर २१ सम्म पूर्वानिर्धारित भए पनि देशहरूबीच फोसिल फ्युलको मुद्दा, अनुकूलन वित्त, न्यायपूर्ण संक्रमण, व्यापारलगायत विषयमा सहमति हुन नसक्दा दुई दिन ढिलो भएको हो। अर्कातर्फ गत बिहीबार कार्यक्रमस्थलको एउटा भागमा रहेको टेन्टमा दिउँसो आगालागी भएपछि पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेका थिए। […]