घाटामा गएको कम्पनीलाई आईपीओ निकाल्न नदिइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अब घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति लिएको बताएका छन् । निजी क्षेत्रसँगको छलफलमा उनले आईपीओको विषयमा सरकार ‘निर्मम’ रहने उल्लेख गर्दै घाटामा रहेका कम्पनीमा सर्वसाधारणको लगानी जोखिममा पार्न नसकिने स्पष्ट पारे । ‘घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन सकिँदैन,’उनले भने […]