नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म प्रभावशाली नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंक को नियामकीय ढाँचाअन्तर्गत रहेका २० बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र खुद नाफा करिब २० प्रतिशतले बढेर ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। पहिलो नजरमा यो उपलब्धि उत्साहजनक देखिए पनि गहिरिएर हेर्दा सेयरधनीका लागि चित्र त्यति सुखद छैन। […]