दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भयो ।  तुलसीपुर-हापुरे सडकखण्डमा पर्ने सो ठाउँमा रा १ ख २३०८ नम्बरको टिपरले रा ७ प ६३३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तुलसीपुर-९ निवासी ४९ वर्षीया पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको थियो ।  गत चैत ३ […]