काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेर रास्वपामा प्रवेश गरेको २१ दिनपछि उनले पदभार सम्हालेका हुन्। घण्टीघरमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत नेताहरूले बालेनलाई स्वागत गरेका थिए।