अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, मेक्सिको हुँदै छिर्नेदेखि विद्यार्थी र पर्यटक भिसामा गएकासम्म

अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्डर्ट विमानमार्फत स्वदेश फर्काएको हो ।  डिपोर्ट भएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो । ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेको थियो ।  […]