जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। शाहीका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । ‘जेन–जी’ आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै शाहीले विभिन्न सरकारी निकायका प्रमुखहरूलाई भेटेर सवाल–जवाफ गर्ने र धम्क्याउने गरेको आरोप लागेको छ। नागरिक उड्डयन […]