अर्बौं लगानी भएका सङ्खुवासभाका चार जलविद्युत आयोजना रोक्न स्थानीयको माग

सङ्खुवासभाको सङ्खुवा–सिसुवा खोला करिडोरमा निर्माणाधीन तथा प्रस्तावित चार जलविद्युत आयोजनाको काम रोक्न प्रभावित स्थानीयले दबाब बढाएका छन्। उनीहरूले आयोजना खारेजी तथा तत्काल काम स्थगनको माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन्। स्थानीयले गुराँस, ह्याप्पी इनर्जी, सानिमा र मातृभूमि जलविद्युत आयोजनाबाट स्थानीय बस्ती, वातावरण तथा सांस्कृतिक सम्पदामा पर्न सक्ने प्रभाव पर्याप्त रूपमा सम्बोधन […]