काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलको मर्मत तथा पुन:निर्माणलाई सरकारले तीव्रता दिएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुंगे पुलको मर्मत कार्य सुरु भइसकेको छ। मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिंगा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुंगे पुल छन्। त्यस्तै, नुवाकोट र धादिङ जोड्ने केउरेनी […]