बुटवल घटना: मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने

बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्य संस्थाको लापरबाही औँल्याउँदै काउन्सिलमा टेलिफोनबाट जानकारी र सञ्चारमाध्यममा समाचार आएपछि छानबिन प्रक्रिया सुरु भएको हो।