महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा देशभरका ७२१ स्थानीय तहको समग्र आय–व्यय, वित्तीय अनुशासन र व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरीहरू देखिएका छन्। प्रतिवेदनअनुसार स्थानीय तहहरूको ठूलो मात्रामा बजेट खर्च भए पनि आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको छ। प्रतिवेदन अनुसार ७२१ स्थानीय तहको कुल आय करिब रु. ६ खर्ब ३३ अर्ब ४० करोड १ लाख रहेकोमा ८८.३५ प्रतिशत अर्थात् […]