काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने पार्टीको नीति रहने बताएको छ । बुधबार जनकपुरमा आयोजित सभामा सार्वजनिक गरिएको कांग्रेसको भिजनमा सो कुरा उल्लेख गरिएको हो । ‘हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ […]