‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ। फागुन २१ को निर्वाचनअगाडि नै नियमित या विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका महामन्त्रीद्वय र त्यसको विपक्षमा उभिएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबीच मतभेद हुँदा कांग्रेस फेरि फुट्ने चिन्ता कार्यकर्ता र शुभचिन्तकमा छाएकोछ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले नियमित महाधिवेशनको विकल्प देखेको छैन । […]