कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता कब्जाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । कोइराला निवासमा बिहीबार कान्तिपुरसँगको कुराकानीमा कोइरालाले मिडियालाई पनि दबाउने खेल सुरु भइसकेको बताएका हुन् ।