कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा

एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए ।कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ