हेर्नुस्, जगजाहेर छ– यो देश युवाकै रेमिटेन्सले धानिएको छ । हामी नेता हौँ, हामीलाई विदेश गएर रेमिटेन्स भित्र्याउने युवाप्रति गर्व छ । युवाहरूलाई फ्री भिसा र फ्री टिकट विदेश पठाउने हाम्र्रो मूल एजेन्डा, मूल लक्ष्य, प्रमुख नीति तथा कार्यक्रम र हाम्रो पार्टी तथा गठबन्धनको महान् घोषणापत्र हो । यही एजेन्डाका साथ हामी राजनीतिमा लागिपरेका छौँ । मान्छेहरू भन्छन्– रेमिटेन्स बालुवाको घर हो । हामी भन्छौँ– होइन, यो त हामी वृद्ध नेताका लागि महान् अवसर हो । जुनसुकै मूल्यमा युवाहरू