काठमाण्डौ – कतार सरकारले गैर कानूनीआप्रवासीलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफी अवसरको नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।
कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीरूपमा बसोबास गरिरहेका १४ हजारभन्दा बढीले आफ्नो कानूनी हैसियत सच्चाएको जानकारी दिएको हो ।
कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानूनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकला...