ओलीको अभिव्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो : झाँक्री

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको जस्तो अभिव्यक्ति दिने गरेको आरोप लगाएकी छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली यतिबेला विक्षिप्त भएकाले यस्ता खालका अभिव्यक्ति दिने गरेको बताएकी हुन् ।  ‘हिजोसम्म हामी अदालतको निर्णय कुरेर बस्नु परेकाले अगाडि बढ्न सकेका थिएनौं, अब चाँडै प्रदेश सरकारको पनि टुंगो लगाउँछौं,’ उनले भनिन् ।  झाँक्री मोरङको बेलबारीमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न आए...